११ असार २०८३, बिहिबार

प्रधानमन्त्री सचिवालयका १८ जना कर्मचारी कटौती

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १८ जना कर्मचारी कटौती गर्नुभएको छ ।

सचिवालयको काम छिटोछरितो, मितव्ययी र प्रभावकारी बनाउन स्वकीय सचिवालयका कर्मचारी घटाइएको बताइएको छ । यसअघि प्रधानमन्त्रीले आफ्नै सचिवालयबाट शुद्वीकरण सुरू गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो ।

प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा ५, स्वकीय सचिवालयमा ३१ र निजी सचिवालयमा ४ जना थिए। जसमध्ये सरकारीतर्फका १० र निजीतर्फका ८ जनालाई हटाइएको हो ।