२९ असार २०८३, सोमबार

एनएमबि बैंकद्वारा काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई २५ लाख सहयोग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (केआईओसीएच)लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्‍याउनेछ ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र केआईओसीएचका अध्यक्ष डा. भगवान काइरालाबीच सहमति आदनप्रदान गरिएको छ ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।