३० आश्विन २०८३, शुक्रबार

पाचौँ बकैया कप फुटबल पुस २४ देखि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २२ पुस । पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने भएको छ ।

युवा तथा खेलकूद विकास समिति बकैया गाउँपालिकाले गर्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले समुद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता हुनेछ । बकैयाखोला दोभान नजिकैको रंगशालामा हुने प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुस २४ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक समितिका संयोजक विजय लामा थिङले जानकारी दिए ।