३० आश्विन २०८३, शुक्रबार

देशको पुनर्निर्माण ओली नेतृत्वको राष्ट्रिय सरकारबाट मात्रै सम्भव : मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetसिन्धुपाल्चोक, २७ जेठ । उद्योगमन्त्री महेश बस्नेतले एक महिना भित्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दाबी गर्नुभएको छ ।

‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने पालो एमालेकै हो । पार्टी अध्यक्ष केपी ओली नै त्यसको पहिलो दाबेदार हुनुहुन्छ । देशको पुर्ननिर्माणको आरम्भ ओली नेतृत्व सरकारबाट मात्र सम्भव छ’ उहाँले भन्नुभयो ।

यसैबीच उद्योगमन्त्री महेश बस्नेतले सिन्धुपाल्चोकको जिल्लाको ज्यामिरे स्थित जनता माविलाई जस्तापाताद्वारा निर्मित शिक्षण कोठा हस्तान्तरण गर्नुभएको छ ।

एमालेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान अन्तर्गत युवा संघ नेपालको टोली नं. १ सिन्धुपाल्चोक क्षेत्र नं. ३ ले निर्माण गरेका उक्त कक्षा कोठाहरू उहाँले हस्तान्तरण गर्नु भएको हो ।

मन्त्री बस्नेतले भूकम्पको कहाली लाग्दो क्षण विर्सेर अब भग्नावषेशबाट उठ्न जरुरी रहेको बताउनुभयो । उहाँले आत्म स्वभिमान हुन आग्रह गदैँ –‘हामी परनिर्भर नबनौँ । तत्तकाल बस्न हुने घर विद्यालय बनाउन हामी स्थानीय स्रोत साधनको प्रयोग गरौँ । यो समय राष्ट्रिको पुर्ननिर्माणको हो’ भन्नुभयो ।
‘
हामीले आफ्नै स्वदेशी सीप र साधनलाई प्रयोग गर्नु पर्दछ । भविष्यमा भूकम्पका कारण हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर संरचना निर्माण गर्नु पर्दछ । यस कुरामा सवै राजनीतिक दलहरू सजग हुनु पर्दछ र सरकारले यसको अगुवाई गर्नु पर्दछ ।’ उहाँले भन्नुभयो ।

साथै उहाँले देश आपतमा परेको बेलामा सबै जनता धैर्य गरी एकआपसमा सहयोगको भावनाले अघि बढ्नुपर्ने बताउनुभयो । सिन्धुपाल्चोक क्षेत्र नं। ३ का सभासद शेरबहादुर तामाङ्ले सिन्धुपाल्चोक जिल्लाबासीलाई दुःखको घडीमा कति पनि नआत्तिन आग्रह गदैँ सिन्धुपाल्चोक
जिल्लाको नवनिर्माण पश्चात् मात्र आफूले विश्राम लिने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा उहाँले आफूप्रति जनताको अटल माया र विश्वास देखेर आफूलाई सम्हाल्न सक्नुभएन गहभरी आँशु लिदैँ भूकम्पले पुर्याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको बताउनुभयो ।

सभासद तामाङ्ले विद्यालयको स्थायी संरचना निर्माणका लागि आगामी बर्षको निर्वाचन क्षेत्र विकास बजेट अन्तरगत १० लाख दिने घोषणा गर्नुभयो । युवा संघ नेपालको टोली नं. १ सिन्धुपाल्चोक क्षेत्र नं. ३ का इन्चार्ज तथा युवा संघका महासचिव राजिव पहारीले सिन्धुपाल्चोक जिल्लामा नौ वटा विद्यालय कोठा निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाँले यस अभियान अन्तगरगत युवा संघले ९० वटा भग्नावशेष हटाएको उल्लेख गर्नुभयो
। युवा संघ नेपालले मेलम्ची नदीको किनारमा बेस क्याप खडागरी दुई सयबढी युवाको एक महिने श्रमदान अभियान अन्तरगत सिन्धुपाल्चोक जिल्लामा राहत, उद्धारसँगै विद्यालय भवन निर्माण अभियान सञ्चालन गदैँ आएको इन्चार्ज तथा महासचिव पहारीले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष निरुदेवी पालले विद्यालयको अस्थायी कोठा निर्माणका लागि त्रिपाल हस्तान्तरण गर्नुभएको थियो । क्यूवाबाट आउनुभएका कम्यूनिष्ट पार्टीका युवा नेता जेसस मोर्राले व्यक्तिगतरुपमा पचास हजार रुपैयाँ र बंगलादेश युथ युनियनका अध्यक्ष अब्दुल्ला अफकफले १० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

साथै कार्यक्रममा भारत, श्रीलंका, बंगलादेश, क्यूवाबाट कम्यूनिष्ट पार्टीका युवा नेताहरुको उपस्थिति रहेको थियो ।