काठमाडौं, २७ जेठ । राजधानी आसपासको क्षेत्रमा नेपाली कांग्रेसको संगठन विस्तारसँगै समाज सेवाको क्षेत्रमा स्वर्गिय चक्रबहादुर ठकुरीले निर्वाह गरेको अतुलनीय भुमिकाको राजधानीमा स्मरण गरिएको छ ।
ठकुरी संरक्षक रहेको छाहारी युवा क्लबले ४५ दिनको पुण्य तीथिको अवसरमा गरेको कार्यक्रममा वक्ताहरुले ठकुरीको योगदानलाई संस्थागत गर्ने गरी कार्य अघि बढाउन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
पुर्व सभामुख दमननाथ ढुंगानाले स्वर्गिय चक्रबहादुर ठकुरी नेपाली माटो अनुसार राजनीति गर्ने व्यक्ति भएको सम्झना गर्दै उनको निधनले कांगे्रेसलाई ठुलो क्षति पुगेको बताउनुभयो । ठकुरीको सम्झनालाई चिरस्थायी बनाउन समाज र राष्ट्रले गर्ने हरेक काममा आफनो सहयोग रहने उहाँले बताउनुभयो ।
सभासद् रामेश्वर फुयाँलले ठकुरीलाई अभिभावकको संज्ञा दिँदै उहाँको अधुरा सपना पुरा गर्ने वचन दिनुभयो । ठकुरीको जेष्ठ सुपुत्र विमल ठकुरीले पिताको निधनसँगै आफु टुहुरो भएपनि देश र जनताको लागि आफुपनि सधैं सक्रिय रहने बताउनुभयो ।
स्थानीय समाजसेवीहरु दीपक सिंह भण्डारी, माधव खनाल, छाहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठ लगायतले ठकुरीको अभाव आफुहरुले सधै महशुस गर्ने भन्दै शोकलाई शक्तिमा परिणत गर्न परिवारजनलाई आग्रह गर्नुभयो ।
ठकुरीको महाभुकम्पका कारण गएको वैशाख १२ गते रसुवाको धुन्चे नजिक निधन भएको थियो । उहाँको स्मरणमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ काठमाडौंले पनि लगातार विविधि कार्यक्रम गर्दै आएको कोषाध्यक्ष दुर्गा बरालले जानकरी दिनुभयो ।















प्रतिक्रिया