३० असार २०८३, मंगलबार

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, १८ पुस । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको डेढ गाउँबाट कावासोतीतर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा बौदिकाली वडा नम्बर ३ का ५५ वर्षीय रनबहादुर मगरको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

मोटर साइकल चालक सोही ठाउँका ५१ वर्षीय यम बहादुर ठाडा मगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको प्रहरीले जनाएको छ ।