२८ आश्विन २०८३, बुधबार

चट्याङ पर्दा ३१ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lighting-stroke-chatyang

संखुवासभा । संखुवासभाको खराङवाला गाविसमा गए राति परेको हावाहुरी र चट्याङ पर्दा ३१ जना घाइते भएका छन् ।

तीमध्ये आठ जना गम्भीर छन् । घाइतेमध्ये धनमाया काफ्लेको भने स्थिति चिन्ताजन छ । उहाँको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा भइरहेको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भीर घाइते सात जनालाई जिल्ला अस्पताल खाँदबारी लगिँदै गरेको प्रहरीले बताएको छ ।

चट्याङले खराङ–२ की काफ्लेको घर पूर्ण रुपमा क्षतिग्रस्त पारेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।