तनहुँ, २६ जेठ । जिल्लाको भीरकोट गाविस–४ निवासी ४० वर्षीया गीता मल्लको व्यास नगरपालिका–१० स्थित नेर्कोयो अस्पतालमा पाठेघरको शल्यक्रियाको क्रममा सोमबार साँझ मृत्यु भएको भन्दै आज छानबिन समिति गठन गरिएको छ ।
दमौली अस्पतालका प्रमुख डा विवेककुमार लालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।
उक्त समितिले उपचारमा संलग्न चिकित्सकको कमीकमजोरी भए/नभएको र अस्पताल सञ्चालन कानुनबमोजिम भए÷नभएको विषयमा छानबिन गरी जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने बताइएको छ ।
मृतकका आफन्तले ‘सिकारु’ चिकित्सकले अप्रेशन गर्दा छोरी गुमाउनुपरेको आरोप लगाएका छन् । यसै विषयमा विवाद भएपछि अस्पताल प्रसासनले छानबिन समिति गठन गरेको बताइएको छ ।















प्रतिक्रिया