– अनिल खत्री
गुल्मी २६ जेठ । बहराइनमा काम गर्ने गुल्मेली सहयोगी मनहरुले जिल्लाको एक पवित्र कार्यका लागि सहयोग प्रदान गरेका छन् ।
उनीहरुको साझा संस्था गुल्मी समाज समिति बहराइन पहिलो पटक गुल्मेली भुकम्प पीडित तथा रक्त संचारकेन्द्र (ब्लड बैङ्क) स्थापना गर्न रेडक्रस गुल्मीलाई एक कार्यक्रमकाबीच नगद १ लाख ६३ हजार रकम सहयोग गरेका हुन ।
जिल्लाका बिभिन्न स्थानबाट बैदेशिक रोजगारीको क्रममा बहराइन पुगेका गुल्मेलीहरुले नेपाल रेडक्रस सोसाइटी गुल्मीलाई सहयोग गरेका हुन । रेडक्रस सोसाइटी गुल्मीको आयोजनामा उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा सहयोगी संस्था गुल्मी समाज समिति बहराइका प्रतिनीधि घनश्याम खराल, मनिराम पाण्डेय र निर्मल उपाध्यायले संयुक्त रुपमा नगद हस्तान्तरण गर्नुभएको हो ।
साथै रेडक्रस सोसाइटी गुल्मीका सभापति अनुप कुमार श्रेष्ठले सहयोग रकम बुझ्दै सहयोगी संस्था प्रति धन्यबाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले आफ्नो व्यक्तिगत आर्थिक समस्याका एकातिर हुँदाहुँदै पनि जिल्लाबासी प्रति दर्साएको माया, समाजिक सद्भाव र सहकार्यले नेपाल रेडक्रस सोसाइटी अत्यन्तै खुसीभएको प्रतिक्रिया दिनुभयो ।
सभापति श्रेष्टले जिल्लामा रेडक्रस सोसाइटीले ब्लड बैङ्क स्थापना गर्न लागी परेको अवस्था गुल्मी समाज समिति बहराइनले देखाएको सदासयताले थप सहयोग र हौसला थपेको बताउनुभयो । मानिसलाई अहिले तत्काल भुकम्पले समस्या पारेको भएपनि अन्य प्राकृतिक प्रकोप परिरहने भएकाले जिल्लामा ब्लड बैङ्कको अभावका कारण थुपै्र घाइतेलाई अन्यत्रै रेफर गर्नुपर्ने अवस्था रहेको छ ।
ब्लड बैङ्क स्थापनाको अभियानमा धेरैले सहयोग गर्ने बचन दिएपनि नगद रकम प्रदान गर्ने यो पहिलो संस्था भएको पनि रेड्क्रस गुल्मीले जनाएको छ । साथै यो अभियानमा सहयोग पु¥याउन अन्य स्वदेश तथा बिदेशमा रहेका संस्थाहरुलाई रेडक्रस गुल्मीले अनुरोध गरेको छ । सहयोग हस्तान्तरण गर्दै गुल्मी समाज समितिका सदस्य घनश्याम खरालले आफुहरुले पवित्र कामका लागी पवित्र संस्था रेडक्रसलाई छानेको भन्दै रकमको सहि सदुपयोग हुनुपर्ने बताउनुभयो ।
यस्तै गुल्मेली समाज समितिका उपाध्यक्ष हिमलाल पाण्डेयले इमेल मार्फत आफु लगायत समितिको निकै मेहनतमा रकम जम्मा गरेको बताउँदै यसको प्रभावकारी कार्याव्यन भए आगामी दिनमा संस्थाले अझ ठुलो सहयोग गर्ने जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पुर्व केन्द्रिय उपाध्यक्ष शशि पन्थी, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, नेपाल नेत्र ज्योति संघका अध्यक्ष शेर बहादुर थापा बाणिज्य संघका अन्य पदाधिकारी, नेपाल रेडक्रस सर्कलका अन्य पदाधिकारी, पत्रकार एवं सरोकारवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गुल्मीका शाखा अधिकृत कृष्ण प्रसाद अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
















प्रतिक्रिया