१४ असार २०८३, आइतबार

प्रदेश भ्रमण वर्ष-२०२४ को शुभारम्भ गर्दै बागमती सरकार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १६ पुस । बागमती प्रदेस सरकारले आज सोमबार प्रदेश भ्रमण वर्ष-२०२४ को शुभारम्भ गर्दैछ ।

अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ गर्न लागिएको प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले जनाएको छ ।

आज सोमबार दिउँसो प्रदेश राजधानी हेटौंडामा एक कार्यक्रमकाबीच प्रदेशका प्रदेश भ्रमणको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ ।

गत कात्तिक २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश भ्रमण वर्ष-२०२४ मनाउने निर्णय गरेको थियो ।