६ कार्तिक २०८३, शुक्रबार

घुससहित डिभिजन सडकका इञ्जिनियर पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaनुवाकोट, २६ जेठ । डिभिजन सडक कार्यालय नुवाकोटका इञ्जिनियर लालसिंह ऐरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज विदुरमा रु एक लाख २० हजार घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस लिइरहेको समयमा आयोगको टोलीले कार्यालय परिसरस्थित गाडीबाट ऐरीलाई नियन्त्रणमा लिएको हो । सडकको निर्माणपछि प्राविधिक फछ्र्यौट स्वीकृत गर्न सेवाग्राहीसँग ऐरीले रु एक लाख २५ हजार मागेकामा एक लाख २० हजारमा सहमति भएर रकम बुझेका थिए ।

डिभिजन सडक कार्यालयको बा१झ ५८ नम्बरको गाडीमै बसेर रकम लिएको केही समयमा नै आयोगका प्रहरी नायब उपरीक्षक खेमबहादुर केसीसहितको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारको नियन्त्रणमा परेका ऐरी कार्यालयमा लामो समयसम्म अनुपस्थित हुने, सेवाग्राहीप्रति बफादार नभएको, गुणस्तरहीन सडक निर्माणको पनि प्राविधिक पक्षलाई स्वीकृत दिने गरेको आरोपमा विवादित रहँदै आएका थिए । ऐरीलाई आवश्यक कारबाहीका लागि काठमाडौँ लगिएको छ ।