
काठमाडौं, १५ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम नै गायब पारेर जारी गरेको आफ्नो शुभकामना सन्देश सच्चाएका छन् ।
उनले कोशी प्रदेशको नाम उल्लेख गर्दै गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका हुन् । यसअघि आजै उनको शुभकामना सन्देशमा प्रदेशको नाम नै उल्लेख थिएन ।

कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरको आधिकारिक वेवसाइटमार्फत् जारी भएको शुभकामनामा कोशी प्रदेश छुट्न गएकोमा सच्याइएको सच्चाइएको उल्लेख छ ।

प्रदेशको नाम नै उल्लेख नगरेर शुभकामना सन्देश जारी गरेको भन्दै सामाजिक सञ्जालमा मुख्यमन्त्री कार्कीको चर्को आलोचना भएको थियो ।












प्रतिक्रिया