२६ कार्तिक २०८३, बिहिबार

बालकुमारी घटनाबारे छलफल गर्न संसदीय समितिले बोलायो गृहमन्त्री

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा दुई युवाको मृत्यु भएको विषयमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।

समितिको बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको छ । उक्त बैठकमा गृहमन्त्री श्रेष्ठ र तीनवटै सुरक्षा निकायका प्रमुखलाई छलफलमा बोलाइएको समितिले जनाएको छ । घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो ।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो । घटनामा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह गरी दुई युवाको मृत्यु भएको थियो ।