२६ कार्तिक २०८३, बिहिबार

बालकुमारी घटनाको विरोध गर्दै राप्रपा नेपालको प्रदर्शन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । ललितपुरको बालकुमारीमा हिजो शुक्रबार भएको घटनाको विरोध गर्दै राप्रपा नेपालले आज काठमाडौंको जमलमा विरोध प्रदर्शन गरेको छ ।

पार्टी आबद्ध जनवर्गीय संगठनहरुले दमनको विरुद्धमा चर्को नाराबाजी गरेका छन् । ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर, दोषिमाथि कारबाही गर’ भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका हुन् ।

मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रदर्शन गरेका थिए ।