
काठमाडौं, १४ पुस । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठकमा हिजो शुक्रबार दिउँसो ललितपुर बालकुमारीमा भएको घटनाको विषयमा छलफल हुने बताइएको छ ।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएका युवाहरूले पुनः परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै हिजो बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीको गोली र लाठि चार्ज हुँदा दुई युवकहरुको ज्यान गएको थियो ।











प्रतिक्रिया