
मकवानपुर, १४ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन भएको छ ।
शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडामा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

ललितपुरको बालकुमारीमा हिजो शुक्रबार दिउँसो प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको घटनाको विरोध गर्दै प्रदर्शन गरिएको रास्वापा मकवानपुरले जनाएको छ ।
रास्वपाले जिल्ला पार्टी कार्यालयबाट ब्यानरसहित विरोध र्याली गर्दै हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकसम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरुले ‘हत्यारा सरकार जवाफ दे, गठबन्धन सरकार चाहिदैन, जनता मार्न पाइदैँन, निरकुंश गृहमन्त्री जवाफ दे,’ लगाएतका नारा लगाएका थिए ।













प्रतिक्रिया