२६ कार्तिक २०८३, बिहिबार

प्रेस चौतारी पर्साको अध्यक्षमा तुलसी भण्डारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १४ पुस । प्रेस चौतारी नेपाल पर्साको जिल्ला अध्यक्षमा तुलसी भण्डारी चयन भएका छन् ।

शुक्रबार सम्पन्न विशेष जिल्ला अधिवशेनले भण्डारीको नेतृत्वमा २९ सदस्सीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष (महिला) निलम पन्त, सचिवमा राजेशकुमार साह, सहसचिवमा धनन्जय मिश्र, कृष्ण कुशुवा (समावेशी) र कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा राजन रौनियार, एस के चौरासिया, आरोहण साह, रश्मिराज भण्डारी, पन्नलाल साह, राजन कुमार सिंह, राजन बाँनिया, आनन्द पटेल, मुस्तुफा आलम, दिपेन्द्र कुमार साह, शोभा धमला, एन्जल चौधरी, कमला भण्डारी, नितेश कर्ण, कृष्ण श्रीवास्तव, अखिलेस साह, शेख सज्जात हुसेन, राजु साह, नवीन कार्की, राम कुशुवाह वलिराम यादव र उर्मिला सापकोटा चयन भएका छन् ।