२६ कार्तिक २०८३, बिहिबार

कटुवा पेस्तोलसहित २ जना पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १४ पुस । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगास्थित हरियाली वनबाट कटुवा पेस्तोल एक थान र बारुद भरेको २ वटा फलामको खोकासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-२ बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञान बहादुर स्याङतान रहेका छन् ।

बिहीबार साँझ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.४१ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।