पथरी (मोरङ), २६ जेठ । आज बिहान प्रहरीको लाठी प्रहारबाट विराटनगरका तीन टेम्पो व्यवसायी घाइते भएका छन् ।
विराटनगरका टेम्पो व्यवसायीले मुख्य सडकमा चल्ने सिटी रिक्साले मार्ग इजाजत लिनुपर्ने माग तथा ट्राफिक प्रहरीले सवारी साधन रोक्ने स्थानमा रोक्न नदिने र जथाभावी जरिवाना काटिदिनेजस्ता समस्या राखेर स्थानीय बरगाछी चोकको सडकमा टेम्पो रोकेर सडक आन्दोलनमा उत्रिएका थिए ।
घाइते हुनेमा टेम्पो चालक चाँद मिया, तबरेज आलम र उज्ज्वल कार्की छन् । उनीहरुको ढाड, खुट्टालगायत ठाउँमा लाठी प्रहार गरिएका निलडाम छन् । विराटनगरमा सिटी रिक्सा भित्रिएपछि टेम्पो व्यवसायीले असन्तुष्टि जनाउँदै आएका थिए ।
टेम्पो व्यवसायीको आन्दोलनस्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जिल्लाबाट कुनै लाठी चार्ज गर्ने निर्देशन नदिइएको बताउनुभयो । रासस















प्रतिक्रिया