
काठमाडौं, १३ पुस । इपीएसका परीक्षार्थीले काठमाडौंको बालकुमारीमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
इपीएस परीक्षार्थीहरू र प्रहरीबीचको झडपमा गोली लागेर दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको हो ।
राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अर्का एक जना गम्भीर घाइते छन् ।
परीक्षार्थीले भौतिक पूर्वाधारमन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।















प्रतिक्रिया