
काठमाडौं, १३ पुस । मुगुमा जातिय विभेदमा परेकी दलित महिला स्वास्थ्यकर्मीमाथि यौन हिंसा पनि भएको खुलेको छ ।
मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी २३ वर्षीया तुलसाकुमारी विकले गाउँपालिकाकै शिक्षा शाखा प्रमुख
वीरेन्द्र मल्लविरुद्ध जिल्ला अदालत मुगुमा यौन हिंसाको मुद्दा दिएकी हुन्।
मल्लले आफूलाई कहिले भेटेर त कहिले फोनमार्फत यौन हिंसा गरेको तुलसाले बताएकी छिन् । सामाजिक सञ्जालमा भाइरल भिडिओमा तुलसाले आफूलाई एक बर्थडे पार्टीमा मल्लले चिसो पेय पदार्थमा झुक्याई रक्सी मिलाएर खुवाई सार्वजनिक रूपमा बदनाम गरेको बताएकी छन्।
यसअघि तुलसालाई यौन हिंसा गरेका आरोपमा तीनजना पक्राउ परेका छन् । जातीय विभेद गरेको आरोपमा खनैयाँ स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र किराना पसल सञ्चालन गर्ने धनप्रसाद भट्टलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको हो । यौन हिंसा गर्ने मल्ललाई म्याद ।
प्रतिवादी मल्ललाई म्याद पठाउने तयारी भइरहेको मुगु अदालत स्रोतले जानकारी दिएको छ।















प्रतिक्रिया