
काठमाडौं, १३ पुस । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया