२६ कार्तिक २०८३, बिहिबार

सुतिरहेको सरकार र संसदलाई जगाउनु पर्ने बेला आयो : मुख्यमन्त्री केदार कार्की

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार र प्रतिनिधि सभा सुतिरहेको टिप्पणी गरेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन यहाँ आइपुगेका मुख्यमन्त्री कार्कीले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले सुतिरहेको सरकार र संसदलाई जगाउनुपर्ने समय आएको उल्लेख गरे ।

संवैधानिक अधिकार दिन नखोज्ने संघ सरकार र कानुन बनाउन नसकेर सुतिरहेको संघीय संसदलाई जगाउन मुख्यमन्त्रीहरूको भेला भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले संघ सरकारले अधिकार नदिँदा संघीयतामा पनि एकात्मक राज्य प्रणालीकै शैली देखिएको बताए । उनले आज हुने मुख्यमन्त्रीहरुको भेलामा महत्वपूर्ण छलफल हुने बताए ।

संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहका अधिकार कार्यान्वयन हुनुपर्ने उनले बताए ।