२६ कार्तिक २०८३, बिहिबार

तुलसीपुरमा एक किशोरी मृत फेला

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १३ पुस । दाङको तुलसीपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरदेखि करिब ६० मिटर दक्षिणतर्फ तुलसीपुर उपमहानगरपालिका –१६ मा रहेको एमटी इट्टा भट्टाले बनाएको खाली टहराभित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएका छन् ।

मृत भेटिएकी किशोरीलाई बाख्रा चराउन गएका गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको मल्लले जानकारी दिए । किशोरी मृत भेटिए पनि कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।