३० आश्विन २०८३, शुक्रबार

बाणिज्य बैंकमा १ सय ९५ पदका लागि जागिर खुल्यो, आवेदन भर्न सुरु (हेर्नुस सूचनापत्र)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rastriya-Banijya-Bank

काठमाडौं, २६ जेठ । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा जागिरका लागि आवेदन खुल्ला गरिएको छ ।

मंगलबार सूचना प्रकाशित गरी बैकले तीन तहदेखि आठसम्मका लागि राजधानी र मोफसलमा १ सय ९५ पदका लागि जागिरको आवेदन आव्हान गरेको हो । जसअनुसार बैंकलाई १ सय ९५ जना स्थायी कर्मचारीको आवश्यकता छ ।

बैंकले मंगलबार प्रकाशित गरेको सूचनामा प्रविधि समूहका लागि आठ तहको एक प्रबन्धक, सात तहका लागि प्रशासनतर्फ लेखा समूहका लागि पाँच जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ ।

यस्तै, प्रशासनतर्फ ६ तहमा ७५ र विराटनगर तथा भद्रपुरमा १२ जना, वीरगञ्जमा आठ जना, काठमाडौंमा ३५ जना, पोखरामा १० र नेपालगञ्जमा १० जना कर्मचारीका लागि आवेदन खुल्ला गरेको हो ।

व्यवस्थापन अथवा अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण भएकाले मात्रै बैंकमा जागिर आन पाउनेछन् । आवेदन फाराम बुझाउँदा आवेदकहरूले व्यवस्थापन अथवा अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेको प्रमाणपत्र समेत बुझाउनुपर्नेछ ।

त्यसैगरी, बैंकले प्रशासन सेवातर्फ पाँच तहका लागि विराटनगर तथा भद्रपुरका लागि आठ जना, वीरगञ्जमा सात जना, पोखरामा आठ जना र नेपालगञ्जमा आठ जना गरी ३१ जना को माग गरेको छ । यी पदहरुमा स्नातक उत्तिर्ण गरेकाले मात्रै आवेदन दिने पाउनेछन् ।

त्यस्तै, बैंकले सूचना प्रविधितर्फ तह पाँचका लागि १० जना कर्मचारी माग गरेको छ । तह तीनका लागि प्रशासनतर्फ ७३ जना कर्मचारी माग गरिएको छ । यी पदका लागि प्रमाणपत्र तह पास गरेकाले आवेदन भर्न सक्नेछन् ।

बैंकका अनुसार सम्बन्धित पदका लागि जुन ठाउँका लागि कर्मचारी माग गरिएको हो, त्यहीँ ठाउँमा आवेदन दिनुपर्ने छ । सम्बन्धित क्षेत्रको क्षेत्रीय कार्यालयबाट आवेदन फर्म लिन सकिने छ ।

Rastriaya-banijya-bank