
काठमाडौं, १२ पुस । नबिल बैंकको ३९औँ वार्षिक साधारण सभाले ११ प्रतिशत लाभांशको प्रस्ताव परित गरेको छ ।
बिहीबार बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव परित गरेको हो । त्यस्तै, बैंकको साधारण सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आर्थिक वर्ष २०७९र०८० को मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंक आर्थिक वर्ष २०७९र८० मा ६ अर्ब ४० करोड रुपैयाँ मुनाफा गर्न सफल भएको थियो ।
बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए । ‘देशको अर्थतन्त्रको पछिल्लो परिदृष्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ’, उनले भने ।
साधारण सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा शेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पूँजी हाल सम्म आउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताए ।















प्रतिक्रिया