– नरेश केसी
लुम्बिनी, २५ जेठ । प्राकृतिक विपत्तिमा परेको मुलुक नेपालको सहयोगको लागि थाइल्याण्डमा भिजीट लुम्बिनी अभियान सुरु गरिएको छ ।
महाभूकम्पले नेपालका धेरै ऐतिहासिक र पुरातात्विक सम्पदा नष्ट भएको भन्ने खबरले विदेशी पर्यटकलाई असहज बनाइरहेको अवस्थामा सो अवस्थालाई चिर्न यस्तो अभियान सुरु गरिएको हो ।
अभियान स्वरुप थाईल्याण्डको राजधानी बैंककमा लुम्बिनी तथा बौद्ध सम्पदाहरुको फोटो प्रदर्शनी कार्यक्रम आईतबार बाट सुरु भएको छ । लुम्बिनी सहीत नेपालको पर्यटन क्षेत्रका बारे बौद्धमार्गी र अन्यलाई नेपाल सुरक्षित पर्यटकीय गन्तब्य हो भनेर सन्देश दिन सिद्धार्थ होटल एशोसियसन (हान लुम्बिनी)को नेतृत्वमा बैंकक पुगेको टोलीले साताब्यापी प्रदर्शनी तथा कार्यक्रम सुरु गरेको टोलीका सदस्य तथा पत्रकार मनोरन्जन शर्माले जानकारी दिए ।
आईतबार थाईल्याण्डको प्रसिद्ध बुद्ध मन्दिर वाट साकेटबाट सुरु भएको प्रदर्शनी तथा कार्यक्रम अपरान्ह पछि बैंककको प्रसिद्ध पर्यटकिय क्षेत्र सलाम लुवाङ्गमा तिन दिन (मंगलबार) सम्म चल्नेछ ।
वाट साकेट मन्दिरमा प्रदर्शनीको उद्घाटन गर्दै उप प्रमुख परमहा नोफानले लुम्बिनी सहित अन्य पर्यटकीय स्थल सुरक्षित रहेको र त्यसमा पनि लुम्बिनीमा कुनै खतरा नरहेको साथै स्वर्णभुमिका रुपमा रहेकोले सम्पुर्ण थाई जनतालाई लुम्बिनी सहित नेपालको भ्रमण गर्दै सहयोग गर्न आग्रह गरेका छन् ।
थाईल्याण्डका पुर्ब स्वास्थय मन्त्री कुनिक सुदारत क्युरफानका तर्फबाट प्रतिनिधी टम क्रियुपसनले लुम्बिनीका बारे सकारात्मक सन्देश दिन थाई जनताले कुनै कसर बाकी नराख्ने उल्लेख गरे ।















प्रतिक्रिया