६ कार्तिक २०८३, शुक्रबार

गठन भएको दुई महिनामै अर्को समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री 

गुल्मी २६ जेठ । यहाँको एक बिद्यालयमा ब्यवस्थापन समिति गठन भएको दुई महिनामै फेरि अर्को बिद्यालय ब्यवस्थापन समिति पुनः गठन भएको छ ।

यसरी एउटा समिति गठन भएको दुई महिनामै जिल्लाको बडागाउँ गाविसमा रहेको जनजागृति निम्न माध्यमिक बिद्यालय वडागाउँ ७ चौरामा बिद्यालय ब्यवस्थापन समिति गठन भएको दुई महिनामा पु्नः बिद्यालय ब्यवस्थापन समिति गठन भएको हो ।

गत माघ २८ गते लिलाराज पोख्रेलको अध्यक्षतामा गठन भएको समितिका अध्यक्षले आफ्नो विभिन्न कारण देखाई राजिनामा दिएपछि उक्त बिद्यालयमा दुई महिना नपुग्दै अर्को बिद्यालय ब्यवस्थापन समिति गठन हुन परेको हो ।

पोखरेलले गत वैशाख ८ गते आफ्नो बिभिन्न कारण देखाउदै राजिनामा दिनुभएको थियो । पोखरेलको राजीनामा स्वीकृत भएपछि बिद्यालयमा स्थापना कालदेखिका अध्यक्ष रहेका खुमबहादुर थापाको अध्यक्षतामा बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ ।

जसको सदस्यहरुमा मञ्जु कार्की, चिन्ताबहादुर थापा, गोकर्णबहादुर सुर्यवंशी, चन्द्रबहादुर सुनार, बोमबहादुर सुनार, गोकर्णराज घिमिरे रहनु भएको छ । त्यस्तै सदस्य सचिवमा प्रधानाध्यापक मोहनबहादुर घर्ति रहनु भएको छ भने शिक्षक प्रतिनिधि चुन्न बाँकी रहेको बिद्यालयले जनाएको छ ।

त्यस्तै विद्यालय ब्यवस्थापन समिति गठन गर्नका लागि भएको भेलाले शिक्षक अभिभावक संघको समेत गठन गरेको छ । भेलाले हरिप्रसाद घिमिरेको नेतृत्वमा शिक्षक अभिभावक सघंको गठन गरेको हो ।

जसको सदस्यहरुमा केशवराज पोखरेल, बलाराम घिमिरे, ईश्वरी प्रसाद पोख्रेल, विष्णु हितान, होमराज रिजाल, संकर मरासिनी, जीवराज पोख्रेल, पदेन सदस्यमा खुमबहादुर थापा रहनु भएको र सदस्य सचिवमा प्रधानाध्यापकमा मोहनबहादुर घर्ती लगायत रहनु भएको छ ।