१० कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।

उक्त दरबन्दीमा रहेकालाई कामकाजका लागि अन्य निकायमा पठाउने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयबाटै पुनर्संरचनाबाट सुरु गर्ने बताएका थिए । त्यही अनुरूप आज सरकारले दरबन्दी कटौटी गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले आर्थिक बर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले सिटिईभिटीको रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।