१० कार्तिक २०८३, मंगलबार

यती एयर दुर्घटनामा मानवीय त्रुटि भएको जाँच आयोगको निष्कर्ष

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा मानवीय त्रुटि भएको निष्कर्ष निकालिएको छ ।

२०७९ माघ १ गते सेती खोँचमा यती एयरलाइन्सको एटीआर ७२ एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो ।

दुर्घटनापछि गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा दुर्घटनाको कारण मानवीय क्रुटि रहेको निष्कर्ष निकालिएको हो । दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष छ ।

जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको छ ।

जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएका कारण दुर्घटना भएको बताइएको छ ।