
काठमाडौं, १२ पुस । नेपाली कांग्रेसले पार्टीको ‘मेलमिलाप दिवस’मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई वक्ताका रूपमा निम्तो दिएको छ ।
सभापति शेरबहादुर देउवाले फोन गरेर यही पुस १६ गते हुने कांग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई निम्तो दिएका हुन् । कांग्रेसले १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ ।
सभापति देउवाले पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमका लागि वक्ताका रूपमा अध्यक्ष ओलीलाई फोन गरेर निम्तो दिएका हुन् ।
आज कार्यक्रममा आमन्त्रणका लागि औपचारिक रूपमा पत्र नै पठाउने कांग्रेसले जनाएको छ ।











प्रतिक्रिया