१ कार्तिक २०८३, आइतबार

कार्यलयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै हर्क साम्पाङ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर यलम्बरको फोटो राख्न लागेको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले केन्द्र सरकारले महत्त्व दिएको दिनमा मात्रै पुनः राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यालयमा राख्ने भन्दै यलम्बरको फोटो राख्न बताएका हुन् । उनले केन्द्र सरकारले धरानलाई महत्व नदिएको बताउँदै आएका छन् ।

‘अब देखि मेरो कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !’ मेयर साम्पाङले भनेका छन् ।

यलम्बर किरातकालीन प्रथम राजा मानिन्छन् ।