२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार बस्ने भएको छ ।  पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक वर्षे समीक्षा, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

 बैठकमा राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ ।