२६ कार्तिक २०८३, बिहिबार

तमु सञ्चारकर्मी संघद्वारा गुरुङ समुदायका पत्रकार सम्मानित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । तमु (गुरूङ) सञ्चारकर्मी संघले मुल धारको पत्रकारितामा सक्रिय गुरुङ समुदायका पत्रकारहरूलाई सम्मान गरेको छ ।

तमु ल्होसारको पूर्वसन्ध्यामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले विभिन्न शीर्षकमा छ जना पत्रकारलाई सम्मान गरेको हो ।

संघले प्रधानसेनापति छत्रमानसिंह–कमला गुरूङ पत्रकारिता पुरस्कारबाट चितवनका गुरुङ तर्फ हिरालाल गुरुङ र गैरगुरुङ तर्फ पोखराका एम. बि. आस्थालाई प्रदान गरेको छ ।

यसैगरी तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका रत्ना गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कार्टुनिस्ट अनुप गुरुङ सम्मानित भएका छन् ।

तनहुँकी करिश्मा गुरुङ सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट र धनकुटाका विकास गुरुङ तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

कार्यक्रममार्फत गुरुङ न्युज डट कम वर्ष पुस्तक लोकार्पण पनि गरिएको छ ।