६ कार्तिक २०८३, शुक्रबार

ललितपुरमा आगलागी, एक जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagoकाठमाडौँ, २६ जेठ । ललितपुरमा आगो लाग्दा एक जना घाइते भएका छन् ।

ललितपुर हरिसिद्धि नगरपालिका स्थित एनवी पार्टी प्यालेस परिसरमा पार्किङ गरी राखेको बा.३ ख ६१ नम्वरको पानी ट्याङकरमा आगलागी भएर क्षति भएको छ ।

सोमबार राति पार्टी प्यालेसमा काम गर्ने २२ बर्षीय युवराज शर्मा लामखुट्टे धपाउने धुप बाली ट्याङकर भित्र सुतीरहेको अवस्थामा धुपबाट आगो सल्कन जाँदा ट्याङकरको अगाडीको भाग पूर्ण रुपमा जलेर क्षति भएको थियो । आगोले पोलेर शर्माको बायाँ हात समेत सामान्य जलेको थियो । उनलाई उपचारको लागि पाटन अस्पतालमा लगिएको छ ।

यसैगरी कैलाली टिकापुर नगरपालिका–९ मनुवारोड बस्ने दिपेन्द्र गिरीको फुसको छानो भएको दुई कोठे दिप कटेजमा सोमबार करेन्ट सर्ट भएर आगलागी हुँदा करीव १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागी प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रण गरेका थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।