१० कार्तिक २०८३, मंगलबार

कुलमानले अन्तिम समयमा किन स्थगित गरे पत्रकार सम्मेलन ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम समयमा पत्रकार सम्मेलन स्थगित गरेका छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको पत्रकार सम्मेलन उनले अन्त्यमा स्थगित गरेका हुन् । पत्रकार सम्मेलनमार्फत कुलमानले ट्रंक लाईन र डेडिकेटेड लाइनबारेको भनाइ सार्वजनिक गर्न लागेका थिए ।

स्रोतका अनुसार उनले सीमित आफू निकट पत्रकारलाई मात्रै बोलाएका थिए । तर, सूचनाका आधारमा थुप्रै पत्रकारहरू पुगेपछि उनले पत्रकार सम्मेलन स्थगित गरेका हुन् । आफू विरुद्धका प्रश्न सामना गर्नुपर्ने भएपछि उनले पत्रकार सम्मेलन स्थागित गरेका हुन् ।

आफूहरुले चाहेको भन्दा बाहेकका पनि मिडियाकर्मी पुगेपछि प्राधिकरणका एक कर्मचारीले हतार हतार पत्रकार सम्मेलनको ब्यानर नै बन्द गरेका थिए ।

प्राधिरकणले टाईम अफ द डे (टीओडी) मिटर नै उपलब्ध नगराई उद्योगीसँग अतरिक्त शुल्क अशुल गर्न खोजेको भन्दै आलोचना भइरहेको छ । प्राधिरकणले डेडिकेटड र ट्रंक लाइनबाट लिएको बिजुलीको पैसा नतिरेको भन्दै ९ वटा उद्योगको लाइन काटिसकेको छ ।

उद्योगीले प्राधिकरणले बिजुली प्रयोग गरेको प्रमाण दिए आफूहरु शुल्क तिर्न तयार रहेको भन्दै पत्रकार सम्मेलन नै गरिरहेका छन् । तर, प्राधिकरण भने उद्योग बन्द गराएर आफूविरुद्धको प्रश्नसँगसमेत डराइरहेको छ ।