२ कार्तिक २०८३, सोमबार

सिल्पाचौरमा युवा संघले हस्तान्तरण गर्‍यो थप ८२ अस्थायी आवास

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ११ पुस । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा नेपालले भूकम्प प्रभावित जिल्ला बारेकोट गाउँ पालिका वाड नं १ सिल्पाचौरमा थप ८२ वटा अस्थायी आवास निर्माण गरि स्थानीयलाई हस्तान्तरण गरेको छ।

पार्टीको स्वयमसेवी अभियान अन्तर्गत युवा संघ नेपाल कर्णाली प्रदेश अध्यक्ष जीवन शाही, उपाध्यक्ष गणेशबहादुर शाही सहितको टोलीले २२ दिनमा अस्थायी आवास निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको हो।

हस्तान्तरण गरिएकामध्ये ६१ वटा आवासको लागि युवा संघ आफैँले निर्माण सामाग्रीको व्यवस्थापन गरेको थियो। अभियानका क्रममा ११ वटा जोखिमपूर्ण भग्नावशेष हटाइएको, ५ वटा सार्वजनिक शौचालय र एउटा अस्थायी विध्यालयको टहरा निर्माण गरिएको युवा संघ कर्णाली प्रदेश उपसचिव बद्री बोहराले जानकारी दिए ।

अस्थायी आवास हस्तान्तरण कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले गत कात्तिक १७ गते भूकम्पको केन्द्रबिन्दु समेत रहेको जोखम क्षेत्रमा पुगेर युवासंघले गरेको कामको प्रशंसा गर्दै अस्थायी आवास निर्माणले त्यस क्षेत्रका प्रभावित नागरिकलाई राहत पुगेको बताए ।

अध्यक्ष शाहले भूकम्प प्रभावित क्षेत्रमा निरन्तर स्वयसेवीको रूपमा काम गर्ने एमाले एकमात्र पार्टी भएको बताए ।