१० कार्तिक २०८३, मंगलबार

सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईसहित चारजनाविरूद्व डिफ्युजन नोटिस जारी गर्ने तयारी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेर फरार रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी भएको छ ।

जिबीसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध नोटिस जारी गर्ने तयारी भएको हो ।

कास्की प्रहरीले डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखालाई पत्राचार गरेको छ । इन्टरपोल शाखाले यसमा अध्ययन गरिरहेको र प्रक्रिया पुर्‍याएर इन्टरपोललाई पत्राचार गर्नेछ । इन्टरपोलमा प्रहरी प्रधान कार्यालयले पठाएको कागजात अध्ययन गरेपछि जोटिस जारी गर्नेछ ।