२ कार्तिक २०८३, सोमबार

आज पनि बढ्यो सुनको मूल्य

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । योसँगै सुन आज प्रतितोला १ लाख २० हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो मंगलबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।