
कोलम्बो, ११ पुस । श्रीलंकाले विदेशमा कार्यरत ३० श्रीलंकाली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने भएको छ ।
श्रीलंकाका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मंगलबार देशले बाहिरबाट ३० जना श्रीलंकाली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान शुरु गरेको बताएका छन् ।
यी अपराधीमध्ये २९ जना दुबई, संयुक्त अरब इमिरेट्स ९युएई० र एक जना फ्रान्समा रहेको मन्त्रीले पत्रकारहरूलाई जनाकारी गराएका छन् । श्रीलंका सरकारले यी अपराधीहरूलाई पक्राउ गर्न ’रेड नोटिस’ प्राप्त गरेको र हाल युएई र फ्रान्ससँग छलफल गरिरहेको उनले बताएका छन् ।
मन्त्रीका अनुसार अपराधीहरूले विगत केही दशकअघि श्रीलंका छोडेका थिए । श्रीलंकामा रहँदा पनि उनीहरू संगठित अपराधमा संलग्न रहेको अनुसन्धानले देखाएको छ । सिन्ह्वा















प्रतिक्रिया