२६ कार्तिक २०८३, बिहिबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ ।

यही पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, संगठनको अवस्था, पार्टीको आन्तरिक विवादलगायत समसामयिक परिस्थितिबारे छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिने महासचिव भुसालले बताए ।

यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना बारे छलफल हुने महासचिव भुसालले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने छन् ।