३० आश्विन २०८३, शुक्रबार

नेपाल सुपर लिग: काठमाडौंलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै मंगलबार ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित काठमाडौंलाई ३-० ले हराएको हो ।ललितपुरका लागि इमोह इजिकिएलले २ र पापा केबेले १ गोल गरेका हुन् ।

योसँगै ललितपुरले काठमाडौंसँग हारको सिलसिलालाई अन्त्य गरेको छ जारी सिजनको र पहिलो संस्करणको लिगमा ललितपुर १(०ले पराजित भएको थियो। त्यस्तै पहिलो संस्करणको‌ दोस्रो क्वालिफायरमा काठमाडौंले ललितपुरलाई ३-० ले हराएको थियो। यस पटक एलिमिनेटरमा ललितपुरले सोही अन्तरको जित निकालेको छ।

फाइनल पुग्नका लागि ललितपुरले बिहीबार पोखरा थन्डर्सको‌ सामना गर्नेछ । पहिलो क्वालिफायरमा सोमबार पोखरालाई टाइब्रेकरमा ४-३ले हराउँदै धनगढी एफसी फाइनल पुगिसकेको छ।