२ कार्तिक २०८३, सोमबार

निराशावादीलाई प्रधानमन्त्रीको प्रश्न- यसअघि देश अहिले जस्तो आर्थिक सम्भावनाको नजिक थियो ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय देशमा निराशावादीले भ्रम छरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देशमा भ्रम छर्ने काम भइरहेको बताएका हुन् ।

आफू दोस्रो पटक प्रधानमन्त्री हुनुभन्दा अघि देशमा १० घण्टासम्म लोडसेडिङ हुने गरेकोमा अहिले देश विद्युत निर्यात गर्ने स्थितिमा पुगेको बताएका हुन् ।

देशमा पछिल्लो समय आर्थिक सम्भावना बढेको दावी गर्दै यसअघि यति धेरै सम्भावना नरहेको दावी गरे । निराशावादीलाई म सोध्छु यसअघि देश अहिले जस्तो आर्थिक सम्भावनाको नजिक थियो ? उनले प्रश्न समेत गरे ।