
काठमाडौं, पुस १० । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् ।
काठमाडौंमा सोमबार भएको दोस्रो प्रदेश सम्पर्क कमिटीको अधिवेशनमा ६७ मत ल्याएर खत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का उम्मेदवार रोशनदेव पन्तले ६२ मत पाए । उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना सर्वसम्मत चयन भएका छन् ।
दीपेन्द्रसिंह ऐरी, किरणसिंह विष्ट, उर्मिला साउद, सिंहलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, रुपेशकुमार साउद र नवीनराज गिरी सदस्यमा सर्वसम्मत चयन भए ।















प्रतिक्रिया