
काठमाडौं, १० पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो सयम मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् ।
मंगलबार चितवनमा आयोजित १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले सेयरबजार माथि उठ्दै गएको, घरजग्गा कारोबारमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति सन्तुलित
रहेको र विप्रेषण पनि सकारात्मक रहेको र ब्याजदर पनि घट्दै गएकाले तथा अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका हुन् ।
उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउन सकिने बताए । मन्त्री महतले नेपालमा केही छैन भन्ने सोचेर बाहिर जानेभन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढ्नुपर्ने धारणा राखे ।
चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने उनले आश्वासन दिए । उनले निकुञ्ज सम्बन्धी पुरानो ऐन सरकारले संशोधन गर्ने जानकारी दिए ।
नाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुराँ एन्ड बार एशोसिएशन नेपालको सहकार्यमा क्षेत्रीय होटल संघ नेपाल चितवनले महोत्सव आयोजना गरेको हो ।















प्रतिक्रिया