१० कार्तिक २०८३, मंगलबार

बाबुराम भट्टराई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्दै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने भएका छन् ।

नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिवि दुई महिनादेखि उपकुलपतिविहीन छ। अहिले नयाँ उपकुलपति चयन प्रक्रियामा छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा उपकुलपति नाम सिफारिस गर्न सर्च कमिटी बनेको छ ।

सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई प्रधानमन्त्रीले उपकुलपति बनाउने छन् । यसपटक उपकुलपतिमा कुलपति तथा प्रधानमन्त्री ‘प्रचण्ड’ले बोल्ड निर्णय लिने तयारी गरेका छन् ।

जसअन्तर्गत उनले भट्टराईलाई उपकुलपति बनाउन लागेको स्रोतले जानकारी दिएको छ । उपकुलपतिमा बाबुरामको चर्चासँगै प्रधानमन्त्री भइसकेका व्यक्ति त्रिविको उपकुलपति बन्लान् त ? भन्ने प्रश्न पनि उठेको छ ।

तर, गत स्थानीय तहको निर्वाचनमा भट्टराई आफैले प्रधानमन्त्री भइसकेपनि जनताका लागि सामान्य पद पनि सम्हाल्न तयार भएको बताएका थिए । उनले पटक-पटक त्रिविको गिर्दो अवस्थालाई लिएर चिन्तासमेत प्रकट गर्दै आएका छन् ।

भट्टराई नेपालका शिक्षित राजनीतिज्ञमा पर्छन ।