काठमाडौँ, २६ जेठ । डाँका मुद्धाका फरार सिन्धुपाल्चोक घोर्थली–७ बस्ने ३२ बर्षीय जयराम तिमल्सिनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले १२ बर्ष पछि पक्राउ गरेको छ ।
२०६० साल बैशाख महिनामा काठमाडौँ मातातिर्थ, किर्तपुर लगायतका विभिन्न ६ स्थानहरुमा भएको डाँका घटनाहरुमा संलग्न भई फरार रहेका तिमल्सिनालाई प्रहरीले जोरपाटीबाट पक्राउ गरी आवश्यक कानूनी करवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
उक्त डाँका घटनाहरुमा संलग्न शालिग्राम अधिकारी लगायतका ८ जनालाई २०६० साल बैशाख २५ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गर्दा २०६३ फागुन १४ गते कैद तथा जरिवाना फैसला भएको थियो ।















प्रतिक्रिया