६ कार्तिक २०८३, शुक्रबार

रुपन्देहीमा छोराले गरे आफ्नै बाबुको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २६ जेठ । आफ्नै बाबुको हत्या गरेको अभियोगमा छिपागढ–९ बिरमी बस्ने १८ बर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तको बाबु ५० बर्षीय बिजय चौधरी सोमबार राति घरदेखि ५० मिटर टाढा कच्ची सडकमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

घरायसी विवादमा अर्जुन चौधरीले बाबु बिजय चौधरीलाई चिर्पट प्रहार गरी हत्या गरेको खुल्न आएको छ । घटनास्थलबाट प्रहरीले चिर्पट समेत बरामद गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।