१० कार्तिक २०८३, मंगलबार

सरकारको अवैध आर्थिक क्रियाकलापबाट प्रतिगमनकारी सल्बलाए: शंकर पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, पुस ६ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेका नेता– कार्यकर्ता सामाजिक रूपान्तरणका अभियानकर्ताको रूपमा स्थापित हुनुपर्ने बटमलाइन भएको बताएका छन् ।

आज आयोजित एमाले कोशी प्रदेश सम्पर्क कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले नेता–कार्यकर्ता अरू दलकाभन्दा अब्बल साबित हुनुपर्ने बताए। ‘वास्तविक कम्युनिष्टका रूपमा, समृद्धिको अभियानकर्ताको रूपमा, समाजको रूपान्तरणकर्ताको रूपमा तपाईं–हामीले आफूलाई योग्य साबित गर्नुपर्दछ’, महासचिव पोखरेलको भनाई थियो ।

उहाँले मिसन ग्रासरुटको प्रतिवेदको आधारमा नेकपा एमालेका सबै कमिटी आफ्नो कार्ययोजना बनाएर अघि बढ्नु पर्नेमा पनि जोड दिनुभयो । मिसन ग्रासरुटको प्रतिवेदन कार्यान्वयन गर्नका लागि आफ्नो कामलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने पोखरेलले बताए। त्यसो गर्न सकियो भने पार्टी संगठनलाई व्यवस्थित र सुदृढ बनाउन सकिने महासचिव पोखरेलको भनाई छ ।

पार्टीका जनसंगठनलाई कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने कुराले पनि पार्टी निर्माणमा अर्थ राख्ने उनको धारणा छ। पार्टीको रक्षाका लागि जनतासँगको सम्बन्ध थप सुधार गर्नुपर्नेमा पनि उनले जोड दिए । नेपालको राजनीतिक स्थायित्व र बिकाशका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै महासचिव पोखरेलले एमाले मात्रै त्यो शक्ति बन्ने बताए।

एमालेलाई अझै पनि बलियो राष्ट्रिय शक्ति बनाउन नसकिएको उनको भनाइ छ । अब बलियो राजनीति दलले मात्र देशमा राजनीतिक निकास दिन सक्ने पोखरेलेले बताए। ‘विकास र समृद्धिको नेतृत्वको लागि गठबन्धन होइन, नीतिगत नेतृत्व आवश्यक पर्दछ, बलियो राजनीतिक दल आवश्यक पर्दछ, त्यस अर्थमा हाम्रो पार्टीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने शंकल्पका साथ अघि बढिरहेको छ,’ महासचिव पोखरेलले भने।

उहाँले एमालेलाई अगुवा नेताको रूपमा स्थापित गर्न आवश्यक रहेको पनि बताए। ‘मुलुकको विकास र समृद्धिको आकांक्षा बोक्ने पार्टीको रूपमा एमालेलाई जनताका बिचमा स्थापित गर्नुपर्छ, यो काममा तपाईं–हामी सवैको बिशेष ध्यान र पहलकदमी हुन आवश्यक छ,’ महासचिव पोखरेलले भने। अहिले देशमा जातीयता र धार्मिक अधिकारका नाममा सांस्कृतिमाथि नै आक्रमण भइरहेको पनि महासचिव पोखरेलले बताए। यस्तै समुन्नत नेपाली संस्कृतिलाई भत्काउने प्रयत्न भइरहेको प्रति पनि उनले चिन्ता व्यक्त गरे ।

देशमा आर्थिक संकट बढ्दै जानु देशको लागि अर्को चुनौती भएको पोखरेलको भनाई छ । सरकारकै कारण आर्थिक संकट बढेको भन्दै उनले कडा आलोचना गरे । ‘सरकारकै कारण आर्थिक संकट बढेको हो, सरकारले सञ्चालन गरेको अवैध आर्थिक क्रियाकलापको कारण देश आर्थिक संकटमा परेको छ,’ महासचिव पोखरेलले भने ।

आर्थिक संकट अन्त्यको लागि एमालेकै नेतृत्व जरुरी रहेको निश्कर्ष पनि महासचिव पोखरेलले सुनाए । सरकारको यही गतिविधिको कारण प्रतिगमनकारी र व्यवस्था विरोधी शक्ति सल्बलाएको उनको भनाइ छ । नेपाली समाजमा फैलाउन खोजिएको नकारात्मक धारणालाई चिर्न नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सफल भएको भन्दै उनले यो यात्राले देशको विकास र समृद्धिको लागि नेकपा एमाले नै जरुरी छ भन्ने सन्देश दिएको प्रष्ट पारे ।

एमाले बाहेकका दलमा आस्था राख्ने नागरिकको सहभागिताले पनि यो कुराको पुष्टि गरेको महासचिव पोखरेलको निश्कर्ष छ ।