
काठमाडौं, ९ पुस । शीर्ष तीन दलहरू संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति नजिक पुगेका छन् । आज बालुवाटारमा भएको शीर्ष नेताहरू विधेयकलाई आगामी हिउँदे अधिवेशनबाट अगाडि बढाउने विषयमा सहमत भएका हुन् ।
माओवादी सशस्त्र युद्धमा समयमा भएका घटनाहरुको सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गरी शान्ति प्रक्रियाको काम टुंगो लगाउने भन्दै सरकारले प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐनको संशोधन विधेयक दर्ता गरेको छ ।
सोही विधेयकलाई अगाडि बढाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
बेठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचेतक महेश बर्तौलाले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्नुपर्ने भएको र नेकपा एमालेले यस विषयमा कानून बनाउने कुरामा सरकार तयार भए आफूहरु तयार रहेको बताए । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको टीआरसी विधेयकमा कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको छु, बर्तौलाले भने, ‘विशेष गरेर तीन दलबीच छलफल भएको छ। लामो समयदेखि टीआरसीसँग जोडिएका नेताहरूसँग बसेर विषय प्रारम्भ गरेका छौँ। शान्ति प्रक्रिया निष्कर्षमा, टुंगोमा पुर्याउनु हाम्रो दायित्व हो।’
बर्तौलाले टीआरसीलाई पीडित केन्द्रित कानुन बनाउनुपर्ने अडान राखेको बताए। ‘पीडितकेन्द्रित कानुन बनाउने हो भने एमाले सहमतिसाथ जान तयार छ। त्यसलाई हिउँदे अधिवेशनमा मिलाएर लैजान तयार छु, उनले भने, ‘प्रधानमन्त्रीलेसमेत पीडित केन्द्रित कानुन ल्याउने कुरामा प्रतिबद्धता जनाउनु भयो।’















प्रतिक्रिया